(१) नियम १७ को प्रयोजनको लागि कुनै मुक्त कमैया वा समूहले ऋण लिन चाहेमा अनुसूची–३ बमोजिमको ढाँचामा कल्याणकारी अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकलाई ऋण उपलब्ध गराउन मनासिव देखिएमा देहायको अधिकारी वा निकायले मुक्त कमैया वा समूहलाई ऋण उपलब्ध गराउन सक्नेछ ः–
(क) पचास हजार रुपैयाँसम्मको भए सम्बन्धित कल्याणकारी अधिकृतले,
(ख) पचास हजार रुपैयाँ भन्दा बढी एक लाख रुपैया“सम्मको भए उपसमितिले,
(ग) एक लाख रुपैयाँ भन्दा बढीको भए उपसमितिको सिफारिसमा मन्त्रालयको सचिवले ।
(३) उपनियम (२) को खण्ड (ख) को प्रयोजनको लागि कल्याणकारी अधिकृतको संयोजकत्वमा मालपोत कार्यालय र नापी कार्यालयको प्रमुख रहेको एक उपसमिति रहनेछ ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १७ को उपनियम (१) बमोजिमको ऋण समितिको सिफारिसमा मन्त्रालयको सचिवले उपलब्ध गराउनेछ ।